बिहिबार, बैशाख १३, २०८१

अफगानिस्तानमा राष्ट्रपति घानी लक्षित रकेट आक्रमण

 समाचार एजेन्सी भाद्र ५, अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले इदको अवसरमा युद्धविरामको प्रस्ताव सहित शुभकामना सहित राजधानी काबुलमा सम्बोधन गर्दै गरेको अवस्थामा रकेट आक्रमण भएको छ ।

समाचारमाध्यमहरुले अफगानी अधिकारीहरुलाइ उदृत गर्दै  प्रशारित समाचारमा उल्लेख भएअनुसार आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको भएपनि रकेट आक्रमणबाट ठूलै क्षति भएको हुँन सक्ने अनुमान गरिएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय सन्चारमाध्यमका अनुसार रकेट आक्रमणलगत्तै त्यस क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । आक्रमणको जिम्मा कसैले लिइनसकको अधिकारीहरुले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।