शुक्रबार, बैशाख १४, २०८१

मंगलवारबाट विश्वकप फुटबल २०१८ अन्र्तगत फ्रान्स र बेल्जियमवीच पहिलो भिडन्त

 काठमाडौं असार २५, रुसमा जारी विश्वकप फुटबल २०१८ अन्र्तगत मंगलवारबाट अन्तिम ४ अर्थात सेमिफाइनल खेल शुरु हुने भएको छ । सेमीफाइनलको पहिलो खेल फ्रान्स र बेल्जियम त्यस्तै बुधबार क्रोएसिया इङ्ल्यान्डवीच हुनेछ ।

गत जेठ ३१ बाट सुरु भएको र असार ३० गते सकिने एक महिने  विश्वकप अन्र्तगत यतिवेला सवै खेल प्रेमीको ध्यान फ्रान्स र बेल्जियम त्यस्तै क्रोएसिया र इङ्ल्यान्डमा केन्द्रीत भएको छ यी मध्ये एक राष्ट्रले विश्वकप २०१८ उचाल्ने भएको छ। ३२ राष्ट्रलाई ८ समूहमा बिभाजन गरेर खेल खेलाइएको ६४ खेबाठ यी ४ राष्ट्र छनौट भएको हो ।

त्यस्तै प्रस्तुत प्रतियोगितामा युरोपबाट रूस बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रले सहभागी जनाएका थिए भने एसियाबाट ईरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरि ५ राष्ट्रको सहभागीता रहेको थियो ।  त्यस्तै अफ्रिकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, टिउनेसिया र मोरक्को र उत्तरी अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा का साथै दक्षिणी अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्बो र पेरू प्रतियोगितामा होमिएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।