सोमवार, बैशाख २४, २०८१

उपकुलपतिलाइ तालुक मन्त्रालयबाट अनुमति नलिएका कारण फिर्ता गर्नु परेको मन्त्रालयको जनाउ

काठमाडौं असार २५, क्यानाडामा हुन लागेको १७ औँ विश्व संस्कृत सम्मेलनमा सहभागी हुन जान लाग्नु भएका नपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले प्रचलित कानूनबमोजिम विदेश जाने अनुमति नलिएक कारण यहाँलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘बोर्डिङ पास’ समेत लिइसकेको अवस्थामा समेत फिर्ता गर्नु परेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले आज जारीविज्ञप्तिमार्फत सरकारको धारणा सार्वजनिक गर्दै उपकुलपति कोइरालालाई क्यानाडामा आयोजित कार्यक्रममा जान रोक लगाएको विषयमा प्रचलित कानूनबमोजिम त्यसरी विदेश जानुपूर्व तालुक मन्त्रालयबाट अनुमति लिनुपर्नेमा उहाँले कुनै अनुमति नलिएको उल्लेख गरिएको छ।  त्यस्तै विज्ञप्तिमा सरकारले प्राज्ञिक संस्थाका उपकुलपति जस्तो गरिमामय पदमा रहेका व्यक्तिमाथि चाहेरपन कुनै दुराशयपूर्ण व्यवाहर नगर्ने र नगरेको समेत उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।