मङ्लबार, बैशाख २५, २०८१

सर्वोच्चको आदेश : तत्कालका लागि निषेधाज्ञा जारी गर्ने निर्णय कार्यान्वयन नगर्नु

 काठमाडौ असार २२, सर्वोच्च अदालतले सरकारले गृह प्रशासन सुधार कार्य योजना अन्र्तगत शान्तिसुरक्षा र अमनचैनको नाममा शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने संविधानप्रदत्त जनताको अधिकारको ठाडो उल्लंघन गर्दै जारी गरेको निषेधआज्ञा काठमाडौँ उपत्यकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सरकारले गरेको नितिगत निर्णयको कार्यान्वयन अन्र्तगत जिल्ला प्रशासन कार्यालयले आगामी साउन १ गतेदेखि कार्यान्वयन गर्न लागेको तोकेको स्थानमा मात्र विरोध प्रदर्शन गर्नुपर्ने निर्णले संविधानप्रदत मौलिक हक एवं स्वतन्त्रता निस्तेज तथा निष्प्रभावी हुने जिकिर सहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विहिवार जारी आदेश बदर गर्न माग गर्दै   दायर गर्नु भएको रिट निवेदनको सुनवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले प्रस्तुत आदश जारी गरेको हो ।  त्यस्तै असार २९ गतेसम्मका लागि जारी आदेशमा दुवै पक्षको उपस्थितीमा निषेधाज्ञा जारी गर्नुपर्नाका कारण लिखित जवाफ दिन समेत भनेको छ ।

स्मरण रहोस सरकारले काठमाडौँ जिल्लाको सुरक्षालाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले २०७४ चैत ३० गतेदेखि शीलत निवास, प्रधानमन्त्री निवास वालुवाटार, संसद् भवन, नयाँ बानेश्वर, सिंहदरबार, उपराष्ट्रपति निवास र काठमाडौँ महानगरपालिकाका विभिन्न स्थानमा सभा, जुलुस वा प्रर्दशन गर्न रोक लगाउने निर्णय गर्नुको अलावा विरोध प्रदर्शनका लागि खुला मञ्च, तीनकुने कोटेश्वर, भुइँखेल चौर, भगवान् पाउ, पेप्सीकोला खेलमैदान, गौचरणस्थित फुटबल मैदान लगायतका क्षेत्रमा मात्र विरोध प्रदर्शन गर्न पाउँने व्यवस्था कार्यान्वयन गन खोजेको अवस्था थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु