सोमवार, बैशाख २४, २०८१

राजधानीमा राति ८ बजेअघि टिपर चलाउन  निषेध गर्न मातहतका निकायलाइ गृहको निर्देशन

काठमाडौं असार २८,  गृहमन्त्रालयले  बुधवार   संघीय  राजधानी अन्र्तगतका ३ जिल्ला   काठमाडौं, भक्तपुर र ललितपुरमा    साउन १ गतेदेखि    राति ८ बजेअघि टिपर चलाउन  निषेध गर्न मातहतका  निकायलाइ निर्देशन दिएको छ । उपत्यकामा हुने अधिकांश दुर्घटनामा टिपरको संलग्नता रहेको भेटिएपछि गृहमन्त्रालयले यस्तो निर्देशन दिएको हो।

टिपरका बढ्दो  दुर्घटनालाइ  दृष्टिगत गर्दै  मन्त्रालयले  ३ जिल्लाका   प्रमुख जिल्ला अधिकारी र ट्राफिक प्रहरी प्रमुखलाई निर्देशन  दिदै  टिपर चलाउने सवालमा  रोक लगाउने सवालमा गृहमन्त्रालयमा सरोकारवालासँग भएको छलफलमा राति ८ बजेपछि र बिहान ५ बजेअघि मात्र टिपर चलाउने सहमति भएको उल्लेख गरिएको छ ।

प्रस्तुत निर्देशनसंगै अव  राति आठ बजेपछि र बिहान पाँच बजेअघि मात्र राजधानीको सडकमा टिपर गुड्ने भएको छ ।   स्मरण रहोस ट्रफिक महाशाखाको तथ्यांक अनुसार असार महिनामा मात्र उपत्यकामा १०८ दुर्घटना भएका छन्। जसमध्ये ४० दुर्घटनाको कारण टिपर रहेका उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।