सोमवार, बैशाख २४, २०८१

काँग्रेसद्वारा बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

उचित राहत र व्यवस्थापन गर्नका लागि सरकारसँग आग्रह

काठमाडौं असार २८,   केही दिनदेखि परेको अविरल वर्षा पछि आएको वाढी, पहिरो र डुवानका कारणले देशका विभिन्न जिल्लामा धनजनको ठूलो क्षति भएको र जनजीवन अस्तव्यस्त भएको छ ।   यसैक्रममा नेपाली काँग्रेसले अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहत र व्यवस्थापन गर्नका लागि सरकारसँग आग्रह गरेको छ ।

काँग्रेसले आज एक विज्ञप्तिमार्फत भक्तपुरको चाँगुनारायणमा पहिरोले घर पुरिँदा एकै परिवारका ज३ नाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै जीवन गुमाउनु भएकाहरुप्रति श्रद्धाञ्जली र उहाँहरुका परिवारजनहरुमा समवेदना समेत प्रकट गरेको छ ।

त्यस्तै मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा बाढी प्रभावित क्षेत्रमा राहत सामग्री लगायत अवरुद्ध सेवा सुविधाहरु यथाशीघ्र सुचारु गर्ने÷गराउने व्यवस्थाका लागि सरकार लगायत सम्वद्ध सबैसँग काँग्रेसले आग्रह गरेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।