सोमवार, बैशाख २४, २०८१

चौराह खोलामा पुल नहुदा स्कुले बिधार्थीको जीवन धरापमा

आजको मितिसम्म समृद्ध मुलक निर्माणका अगुवाहरुको ध्यान जान नसकेको गुनासो गर्दै स्थानीयले हाम्रा प्रतिनिधीसंग भने- हामीलाइ अरु होइन चौराह खोलामा पुलको व्यवस्थाका लागि पहल गरिदिनुस 

काठमाडौं असार २८,  प्रत्येक वर्ष अविरल वर्षासंगै मकवानपुर ६ फापरबारि मकवानपुर को फापरबारि हुदै बग्ने चौराह खोलामा बढ्दो वहावका कारण स्थानीय जनजिवन सकस एवम पिडादायी बन्ने गरेको छ ।  यहाँसम्मकी बाढीका कारण स्थानीय वालवालिकाको जीवननै संकटमा पर्नुको अलावा स्थानीय स्कुलको पठनपाठन समेत प्रभावित हुँदै गर्दा पनि सम्बन्धीत निकायको मौन रहदै आएको छ । 

वर्षातको समयमा बच्चालाई स्कुल पठाउ त विहान स्कुल गएका वाल वच्चा घर फर्केला कि नर्फर्केला भन्ने डर नपठाउँ त पढाइ बिग्रने डरको दोहरोमा मारमा परेका स्थानीयको पिडामा आजको मितिसम्म समृद्ध मुलक निर्माणका अगुवाहरुको ध्यान जान सकेको पाइदैन ।

फापरबारि लगायतका थुप्रै गाउका बिद्यार्थी त्यहि खोला तरेर बिद्यालय जान वाध्य छन। यस्तो अवस्थामा समेत चौराह खोलामा पुलको व्यवस्था गर्न कोहिकसैको पनि चासो नदेखिनुले बर्षाको समयमा सम्पुर्ण वालवालिकाहरु चौराह खोलामा पुल नहुदा स्कुले बिधार्थीको जीवन धरापमा  पर्नुको  अलावा समग्रमा त्यहाँको सवारी साधनदेखि बजार समेत प्रभावित हुने र दैनिकी गुजारा समेत  सकसपूर्ण हुने गरेको गुनासो गर्दै स्थानीयले हाम्रा प्रतिनिधीसंग भने-हामीलाइ अरु होइन चौराह खोलामा पुलको व्यवस्थाका लागि पहल गरिदिनुस   ।  फोटो :सन्जिब शाहि

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।