शनिबार, बैशाख १५, २०८१

काँग्रेसभित्र वडा इकाइदेखि केन्द्रसम्म महिलाको सहभागिता बढाउन महिला नेतृहरुको जोड

 काठमाडौ साउन ६ , जननेता विपी कोइरालाको ३६औँ स्मृति दिवसको अवसर पारेर नेपाल महिला संघ काठमाडौ जिल्लाद्दारा आज राजधानीमा आयोजित बदलिँदो राष्ट्रिय राजनीतिक परिस्थितिमा नेपाल महिला संघको भूमिका’ विषयक विचार गोष्ठीका वक्ताले पार्टीभित्र महिला सहभागिता बढाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको राजनीति परिवर्तनमा महिलाको ठूलो योगदानको चर्चा गर्दै विपी कोइरालाको जन निर्वाचत पहिलो सरकारमा द्वारिकादेवी ठकुरानीलाइ मन्त्रीको जिम्मा दिदै नारीको सम्मान गरेको जिकिर गर्दै मुलुकको पछिल्लो परिवर्तित घटनाक्रमलाइ दृष्टिगत गर्दै काँग्रेसको संगठनलाई व्यवाहारिक एवम् चुस्त दुरस्त बनाउनुको अलावा चलायमान बनाउन वडा इकाइदेखि केन्द्रसम्म महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभएको थियो । त्यस अवसरमा महिला संघका पूर्वअध्यक्ष मीना पाण्डे, अम्बिका बस्नेत र वर्तमान अध्यक्ष उमा रेग्मीलाई सम्मान गरिएको थियो ।

 त्यस्तै अर्का वक्ता एवम् काँग्रेस महामन्त्री डा शशांक कोइरालाले पार्टीले महिलालाई उचित स्थान दिन नसकेको स्वीकार्दै यस विषयमा पार्टीले पहलकदमी लिने प्रतिवद्धता अभिव्यक्त गर्नु भएको थियो । त्यस्तैगरि काँग्रेस नेता डा रामशरण महतले महिला सशक्तीकरणका लागिनै पछिल्लो समय संसद्मा एकतिहाई महिलाको प्रतिनिधित्व हुनुपर्छ भन्ने मुद्धा वोकेको र त्यो मुद्धा कार्यान्वयन हुँनुमा काँग्रेसको महत्वपूणृ भूमिका रहेका बताउँनु भएको थियो ।

 त्यस्तै गरि काँग्रेस नेता अर्जुननरसिंह केसीले महिला शक्ति बलियो नभएसम्म पार्टी बलियो हुन नसक्ने बताउँदै यसकाृे लागि शहर देखि गाउँगाउँसम्म महिला जागरणको आवश्यकता औल्याउँनु भएको भएको उक्त विचार गोष्ठीमा अर्का वक्ता एमव् काँग्रेस नेता धनराज गुरुङ, सांसद भीमसेनदास प्रधान लगायतका नेताहरुले आफ्नो अभिमत प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै गोष्ठिमा काँग्रेस केन्द्रीय समितिका कोषाध्यक्ष समेत रहेकी सीतादेवी यादवले पार्टी भित्र महिला जारगरणको पक्षलाइ मंगलादेवी सिंह, नोना कोइराला, शैलजा आचार्यलगायतले खेलेको भूमिका र गरेको योगदानले आज पार्टीमा महिलाको नेतृत्वको आवश्यकता औचित्य प्रमाणित गरेको बताउँनु भएको उक्त कार्यक्रममा महिला संघ काठमाडौँका अध्यक्ष विष्णुदेवी पुडासैनी, काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी ‘श्रेष्ठ’, महिला संघ काठमाडौँकी सल्लाहकार सिर्जना सिंह, महिला नेत्री गोमा केसीलगायतले पार्टीमा ५० प्रतिशत महिला सहभागिता बनाउनुपर्नेमा जोड दिनुभएको थियो । सोमवार समापन हुने उक्त गोष्ठिले काठमाडौं घोषणा पत्र जारी गर्ने बताईएको छ ।

Publish on: Jul 22, 2018