शनिबार, बैशाख १५, २०८१

काँग्रेसको नेतृत्व पंक्तिमा सैद्धान्तिक विचलन आएको जिकिर

  काठमाडौं साउन ६, ३६ औं वि.पि.स्मृति दिवसको उपलक्ष्यमा नेशनल मुभ्मेण्ट नामक संस्थाले एक विशेष विचार गोष्ठी कार्यक्रमको आयोजना गरेको छ ।   महाराजगञ्जस्थित शङ्खपार्कमा आयोजित सो विचार गोष्ठीमा अधिकांश सहभागी वक्ताहरुले गोष्ठीमा बोल्ने वक्ताहरुले नेपाली काँग्रेसको नेतृत्त्व पँक्तिमा सैद्धान्तिक विचलन सहित काँग्रेसले विपिको विचारलाई छाड्दै गएकोमा चिन्ता व्यक्त गर्दै विपिको मार्गदर्शनलाई वेवास्ता गरेकै कारण काँग्रेस पनि क्रमशः जनताबाट टाढिएको अभिमत प्रस्तुत गरिएका छन ।

त्यस्तै वक्ताहरुले पार्टीको नेतृत्त्वतहमा आएको सैद्धान्तिक विचलनले राष्ट्रियतामा समेत खतरा परेको संकेत गर्दै अब नेपाली काँग्रेस सचिनु पर्ने, वि.पि.को मार्गदर्शनलाई आत्मसात गर्दै विगतमा पार्टीमा विभिन्न तरिकाबाट योगदान पुर्याएका तर पार्टीको नेतृत्त्वले वास्ता नगरेर बाहिर रहेका व्यक्तिहरुलाई समेत समेटेर निष्ठाको राजनीतिको संस्कार बसाल्दै अगाडि बढ्नपर्नेमा जोड दिएका छन ।

कार्यक्रममा प्रकाश कोइराला, विपिन कोइराला, ओमकार श्रेष्ठ, होमनाथ दाहाल, चिनकाजी श्रेष्ठ, ऋषिकेश तिवारी सिने जगतकी अभिनेत्री मनिषा कोइराला लगायतका नेपाली काँग्रेसका पूर्वमन्त्री, सांसद, नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Publish on: Jul 22, 2018