शुक्रबार, बैशाख १४, २०८१

काँग्रेस अव गुटगत राजनितीको धरातल भन्दा माथि उठ्नु पर्छ: नेता महत

 काठमाडौं जेठ १३, नेपाली काग्रेस खोटांङग क्षेत्र नं नं.१ को आयोजनामा शनिवार आयोजित कार्यक्रममा वोल्दै नेपाली कांग्रेसी नेता डा।रामशरण महतले निर्वाचन परिणाम पछि खोटांङगको विकासको लागी विगतमा नेपाली काग्रेसको सरकारले सुख्खा ग्रस्त क्षेत्र घोषणा गरि यस क्षेत्रको खानेपानी सड़क निर्माणको क्षेत्रमा गरेको कामको सस्मरण गर्दै नेपाली काग्रेसले अवका दिनमा तय गर्नु पर्ने मार्गको सवालमा आफ्नो अभिमत प्रस्तुत गर्दै काँग्रेसले अव गुटगत राजनितीको धरातल भन्दा माथि उठदै राष्ट्रिय स्वार्थको लागि मार्ग दर्शनगर्ने मार्गको अख्तियार गर्नुको विकल्प नभएको बताउँनु भएको छ ।

त्यस्तै कार्यक्रममा नेता महतलाइ तत्कालीन अर्थमन्त्रीको समयमा समग्र खोटंगको विकासका लागि गर्नु भएको विशेष योगदानको सम्मानमा हलेसि नगरका मेयर र ईवन राई र सभापति नरेश कुमार श्रेष्ठले सम्मान गर्नु भएको थियो । कार्यक्रममा संसद हिरा गुरुंग,केन्द्रीय सदस्य रामकृष्ण यादव, पूर्वमन्त्री शिव कुमार वस्नेत,पूर्व सांसद रंजित कर्ण,खोटांगका सभापति नरेश कुमार श्रेष्ठ,महासमिति सदस्य रमेश कुमार महत यदु विष्ट लगायतका वक़्ताहरुले मन्तव्य अभिव्यक्त उक्त कार्यक्रम क्षेत्रिय सभापति ईवन राईको सभापतित्वमा भएको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।