शुक्रबार, चैत्र १६, २०८०

गेटआउट भन्दै निर्वाचित सभापतिलाई कसैले हटाउँछु भन्ने भ्रममा नपर्नु होला

 काठमाडौ जेठ १३ ,   नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले गेट आउट भन्दै निर्वाचित सभापतिलाई कसैले हटाउँछु भन्ने भ्रम नपाल्न भन्दै तीन वर्षपछि हुने महाधिवेशनबाटमात्रै नेतृत्वबारे छिनोफानो हुने बताउँनु भएको छ ।

 सम्बोधनको क्रममा सभापति देउवाले मुलुकमा वाम एकता हुन सक्छ भने काँग्रेस किन एकढिक्का हन नसक्ने भन्दै आगामी निर्वाचनमा काँग्रेसलाइ निर्वाचित गराउँन अहिलेबाटनै कार्यारम्भ गर्नुपर्नेमा जोड दिनु भएको छ ।

 त्यस्तै कार्यक्रम महामन्त्रीद्दय शशांक कोइराला ,महामन्त्री विमलेन्द्र निधि , कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेता मिलेन्द्र रिजाल लगायतका नेताहरुले वोल्नु भएको थियो  भने नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहाल, वरिष्ठ पत्रकार हरिहर विरही, पत्रकारमहासंघका कावा अध्यक्ष बिपुल पोख्रेल, तारानाथ दाहाल, दीपक आचार्य, अजय शिवाकोटी, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो  ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।