शनिबार, बैशाख १५, २०८१

काँग्रेसले सबै प्रजातन्त्रवादी शक्तिलाई समेट्नुको विकल्प छैन: नेता सिटौला

 काठमाडौ जेठ ११,   गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थिति काँग्रेसको अबको गन्तव्य’ विषयक अन्तर संवाद कार्यक्रमलाइ सम्बोधन गर्दै काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले सोच र संगठनमा मौलाउँदै आएको गुटगत राजनितीका कारण काँग्रेसले पछिल्लो समय जनमत प्राप्त गर्न नसकेको बताउँनु भएको छ ।  यद्यपी काँग्रेस अझैपनि सवैजनजनको मनमा रहेको जनाउ दिदै नेता सिटौलाले भने प्रजातान्त्रिक आस्थाको केन्द्र काँग्रेस हो र काँग्रेसले सबै प्रजातन्त्रवादी शक्तिलाई समेट्नुको विकल्प छैन ।

त्यस्तै कार्यक्रममा संघीय सांसद भीमसेनदास प्रधानले मुलकको हरेक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको काँग्रेसको विकल्प काँग्रेसनै हो यसर्थ पनि अवका दिनमा व्यक्तिगत गुठगतको धरातलबाट माथि उठ्दै गम्भीर चिन्तन गर्न पर्नृ जिकिर गर्नु भएको  छ ।   छलफलमा प्राडा खगेन्द्र भट्टराई नेपाल वार एशोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का डेमोक्रेटिक लयर्स एशोसिएसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले प्रेस युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष दामोदरप्रसाद दवाडी लगायतलृ काँग्रेस एकताबद्ध भएर संगठन निर्माणमा लाग्नुपर्ने बेला आएको बताउँनु भएको   थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।