शुक्रबार, बैशाख १४, २०८१

विश्व सम्पदा दिवसको अवसरमा टिकट प्रदर्शनी

काठमाडौ वैशाख ६ , विश्व सम्पदा दिवसको अवसरमा काष्ठमण्डप क्षेत्रमा विश्व सम्पदा उत्सव मूल समारोह समितिको आयोजनामा आज एक दिवसीय टिकट उक्त प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको छ ।  सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन गर्दै राज्यमन्त्री बाँस्कोटाले विश्व सम्पदा क्षेत्रको चित्र अंकित टिकटले देश विदेशमा मुलकको पर्यटन प्रवद्र्धनमा मदत पेग्ने विश्वास व्यक्त गर्नुभएको छ । त्यसअवसरमा उहाँले हनुमानढोका दरबार क्षेत्रलाई समेटिएको हुलाक टिकटमा पहिलो टाँचा समेत लगाउनुभएको थियो ।

त्यस्तै कार्यक्रममा प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ, प्रदेश सांसद राजेश शाक्य, हुलाक सेवा विभागका निमित्त महानिर्देशक राजन पौडेल, फिलाटेलिक सोसाइटीका अध्यक्ष शंकर श्रेष्ठ, कार्यक्रम आयोजक समितिका सचिव डिल्लीरत्न तुलाधरलगायतले ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदास्थलबारे देश विदेशमा जानकारी दिन हुलाक टिकटको महत्वमाथि प्रकाश पार्नु भएको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।