शुक्रबार, बैशाख १४, २०८१

ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु: डेस्टिनि तामाङ

 काठमाडौ बैशाख ७ , एक्काइसौ शताब्दीमा नाम, दाम कमाउने र चर्चा बटुल्ने चाहना सबैको हुन्छ । त्यही चाहना अनुसार काठमाडौलाई कर्मथलो बनाएर आफ्नो भाग्य चम्काउन दैनिक हजारौ मानिस शहरीकरण हुदैछन ि। राजधानी काठमाडौँ शहर, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडि बढ्छन, त्यसै सपनासँग जोडिएको युवा पुस्ताको रोजाइ रंगिन संसार मोडलिङ क्षेत्र अहिलेका युवा युवतीहरूको सर्वाधिक रोजाइमा परेको क्षेत्र हो । यस्तै चाहना लिएर बिगत दुई वर्ष देखि मोडलिङको भीडमा आफूलाई स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडि बढदै गरेकी मोडल हुन डेस्टिनि तामाङ। अहिले उनि आफ्नो लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन ।

ब्यबसायिक रुपमा मोडलिङ क्षेत्रमा प्रवेश गरेकी मोडल डेस्टिनि तामाङले केही म्युजिक भिडियोमा आफ्नो जादुमय अभिनय प्रदर्शन गरिसकेकी छिन भने केही गीतहरूमा पनि आफ्नो सुमधुर आवाज भर्ने तरखरमा छिन । देश भरमा हुने बिभिन्न मेला महोत्सब देखि स्टेज कार्यक्रमा आफ्नो जादुमय नृत्य तथा अभिनय प्रस्तुत गरि सकेकी मोडल डेस्टिनि तामाङ अहिले चर्चाको शिखर तिर लम्किदैछिन ।  त्यसो त नृत्य तथा अभिनयमा पोख्त मोडल तामाङ सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन चिटिक्क मिलेको शरीर, अग्लो हाईट अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो ।

हेटौडा जन्मथलो भएकी मोडल डेस्टिनि तामाङ भर्खर १७ औ वसन्तमा प्रवेश गरेकी छिन हेर्दा पनि निकै आकर्षित देखिने मोडल तामाङ, हासिरहने शालीन स्वभावकी छिन । यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरूमा अफर आएमा आफू अभिनय गर्न तयार रहेको उनी बताउछिन । र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु । उनी भन्छिन मानव जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अवश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नूनै जीवन हो एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफू अगाडि बढेको कुरा पनि उनी बताउछिन।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।