बिहिबार, जेष्ठ ३, २०८१

प्रतिनिधि विवादका कारण ट्रेड युनियन काँग्रेसको जिल्ला अधिवेशन आज पनि स्थगित

काठमाडौ चैत २१,  नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौको जिल्ला अधिवेशन प्रतिनिधि विवादका कारण आज पनि स्थगित भएको छ । यसअघि १४ गतेका लागि तय भएको अधिवेशन पनि प्रतिनिधि विवादकै कारण स्थगन गर्दै आजको लागि तय गरिएको थियो ।

 विभिन्न श्रमिक क्षेत्रका २४ संस्थाका दुई हजार ४०० महाधिवेशन प्रतिनिधि आबद्ध संस्थामा होटल क्षेत्रको प्रतिनिधि विवादका कारण स्थगित गरिएको नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँका अध्यक्ष गणेश भट्टराईले जानकारी दिदै  अधिवेशन आगामी चैत २६ गते सोमबारका लागि तोकिएको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।