आइतवार, जेष्ठ ६, २०८१

क्याम्पस प्रमुखको सहकार्यमा शंकरदेवमा आर्थिक अनियमितता

 काठमाडौ जेठ १

राजधानीको पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा क्याम्पस प्रमुख र स्वतन्त्र विद्यार्थी युनियनका सभापतिको मिलेमतोमा लाखौं रुपैयाँ अनियमितता भएको पाइएको छ ।  शंकरदेव क्याम्पस प्रमुख डा कृष्णप्रसाद आचार्य र स्वतन्त्र विद्यार्थी युनियनका सभापति सुसान्त बस्नेत र स्ववियू पदाधिकारीको मिलेमतोमा आर्थिक अनियमिता गरेको भेटिएको हो।

प्राप्त जानकारी अनुसार गत भाद्र २० देखि २५ गतेसम्म सञ्चालन भएको भनिएको वास्केट बल प्रतियोगितामा टि सर्ट र जुत्ता सेट खरिदको नाममा लेखा शाखाले फागुन १३ गते ४ लाख १७ हजार २४५ रुपैयाँ विल नम्वर ०००७०० बाट पाँच महिना पछि भएको विल भुक्तानी प्रकरणले आर्थिक अनियमिताको श्रृखलालाइ थप पुष्टि गरेको छ।

क्याम्पसको लेखा शाखबाट माघ महिनामा मात्र विभिन्न खेलकुदसहित अन्य शीर्षकमा आठ लाख ५८ हजार ५९६ रुपैयाँ भुक्तानी गर्ने लेखाशाखाले वास्केट बल प्रतियोगिताको खर्च रकम भुक्तानीमा गरेको विलम्वले अनियमिताको श्रृखलालाइ थप पुष्टि गरेको हो ।

साथै नेविसंघ शंकरदेव क्याम्पस इकाई समितिको आयोजनामा भएको भनिएको बास्केटवल प्रतियोगिता समितिको अगुवाइमा त्यस्तो कुनै प्रतियोगिता को आयोजना नभएको शंकरदेव इकाई समितिका अध्यक्ष सन्देश खाँणको अभिव्यक्तिले समेत यसलाइ थप उजागर गरेको छ।

त्यस्तै क्याम्पस प्रशासनले क्याम्पस प्रमुखको तोकादेशमा संघको नक्कली लेटर प्याडको प्रयोग गर्दै हुँदै नभएको प्रतियोगिताको नाममा लाखौ रुपैया भुक्तानी भएको दावी समेत गरेको छ। त्यस्तै गरि कहिले होलीपर्वको नाममा त कहिले सरस्वतीपूजाको नाममा लाखौ रुपैयाको अनियमिता गर्दै आइरहेको उनको भनाइ रहेको छ।

क्याम्पस प्रमुख आर्चाय र स्ववियू अध्यक्ष बस्नेतले भने-आरोप कपोकल्पित हो :  

यस विषयमा क्यामपस प्रमुख आर्चाय र स्ववियू अध्यक्ष सुशान्त बस्नेतले पत्रकार सम्मेलन मार्फत आफूहरुमाथि लागेको कपोलकल्पित र आर्थिक अनियमितताको आरोपको खण्डन गर्दै क्याम्पसको खर्च प्रणाली पारदर्शी भएको र सबै खर्चहरु सार्वजनिक खरिद ऐन बमोजिम नै भएको जनाउसंगै लगाइएका कुनै आरोप प्रमाणित गरेर देखाए पदबाट राजीनामा दिन र सजाय भोग्न तयार रहेको सार्वजनिक अभिव्यक्ति दिएका छन ।