आइतवार, जेष्ठ ६, २०८१

यस्तो छ सरकारको नीति तथा कार्यक्रमको [पूर्ण पाठसहित]

काठमाडौ जेठ १,
सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आज नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा मुलत भ्रष्टाचार नियन्त्रण र सुशासनको प्राथमिकरण संगै कृषि, पशुपक्षी तथा मत्स्य उत्पादनमा पूर्ण आत्मनिर्भर बन्दे लक्ष्य निर्धारण गरिएको छ।

त्यस्तै शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने लक्ष्य सहित सार्वजनिक कार्यक्रमा प्रत्येक प्रदेशमा एक हजार गाईभैंसी पालनको पूर्वाधार तयार गर्ने र दुई वर्षभित्र खोरेत रोग उन्मूलन गर्ने उद्घोष गरिएको छ भने आगामी आर्थिक वर्षभित्र पाँच लाख भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने घोषणा गरेको छ । सन् २०४५ भित्र शून्य कार्बनको लक्ष्य हासिल गर्ने कार्ययोजना तय गर्ने र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेको असरलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रतिबद्धता जनाएको छ ।

यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठसहित

त्यस्तै प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेको सरकारले सबै प्रहरी चौकीमा महिला सहायता कक्ष निर्माण गर्ने भएको छ । यस्तै बाल सुधार गृहमा रहेका बालबालिकाको स्वास्थ्य बिमा तथा शिक्षाको व्यवस्था गरिने प्रतिवद्धता अभिव्यक्त गरेको छ।

यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठसहित