आइतवार, जेष्ठ ६, २०८१

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक अवरुद्ध,अर्को बैठक जेठ ३ गते

 काठमाडौ जेठ १

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरुद्ध पारेपछि प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभाको आज साँझ बसेको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने र राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको थियो । तर विषयमा प्रवेश गर्न नपाउँदै कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै अवरोध गरेसँगै सभामुख देवराज भिमिरेले आजको बैठक स्थगित भएको घोषणा गर्नुभएको हो ।

 प्रतिनिधिसभाअर्को बैठक जेठ ३ गते बिहीबार ११ बजे र राष्ट्रिय सभाको बैठक जेठ ३ गते बिहीबार सवा १ बजे बस्ने समय तोकिएको छ।