आइतवार, जेष्ठ ६, २०८१

सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदै [प्रत्यक्ष प्रसारण सहित ]

 काठमाडौं जेठ १,
आज बसेको मन्त्रिपरिषद्‌को बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र १६ औँ पञ्चवर्षीय योजना पनि पारित गर्ने निर्णय गरेको छ ।

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकारले विभिन्न चरणमा छलफल भएर १६औँ योजना पनि पारित गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

सरकारको तर्फबाट आज ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको उहाँले बताउनुभयो ।