शुक्रबार, बैशाख १४, २०८१

प्रम ओलीले राराबाट पर्यटन प्रवद्धनको लागि विगुल फुक्ने

काठमाडौ चैत १४ , प्रधानमन्त्री केपी ओलीले कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्दै मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। आज राजधानीमा नेपाल ट्रेड यूनियन महासंघ जिफण्टको ७ औ महाअधिवेशनको उद्घाटनसत्रलाइ सम्बोधन गर्ने क्रममा उहाँले  प्रस्तुत जानकारी दिनु भएको हो ।

त्यस्तै उहाँले सम्बोधनको क्रममा मुलुकको समृद्धिका लागि पर्यटन प्रवद्धन र पर्यटन प्रवद्धनका लागि विगुल राराबाट फुकिने जनाय दिदै सरकारको तर्फबाट  युद्धस्तरमा सुरु गरिने अभियानले भ्रष्टाचार नियन्त्रण,ढिलासुस्ती,विकास निर्माण आदि सबै क्षेत्रलाइ सम्बोधन गर्ने बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।