बिहिबार, बैशाख १३, २०८१

गैरन्यायिक सडक विस्तारको विरोध गर्दै गरिएको प्रदर्शनमा झडप, दर्जनौं व्यक्ति घाइते

काठमाडौ चैत १४ , गैरन्यायिक सडक विस्तारको विरोध गर्दै राजधानीमा आज भएको विरोध प्रदर्शनका क्रममा प्रहरी प्रदर्शनकारीवीचको झडपमा दर्जनौं व्यक्ति घाइते भएका छन् । सडक विस्तार पीडित संघर्ष समितिलगायतका संघसंस्थाले आयोजना गरेको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको हो ।

झडपकोक्रममा नयाँबानेश्वरमा प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गरी लाठीचार्जसमेत गरेको थियो । अदालतको फैसला र अन्तरिम आदेशको उल्लंघन गर्दै सडक विस्तारको नाउँमा रैथानेलाई विस्थापित गर्न खोजेको भन्दै धर्ना र जुलुसमा सहभागीहरुले गैरन्यायिक सडक विस्तार बन्द गर्न,   ऐतिहासिक, पुरातात्विक, धार्मिक, साँस्कृतिक महत्वका बस्ती तथा सहर उठाउन नपाइने भन्दै नारावाजी गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।