शनिबार, बैशाख १५, २०८१

३ नं.प्रदेश सभामुखका लागि आज निर्वाचन हुँदै

काठमाडौं माघ २७,   प्रदेश न ३ नं. अन्र्तगतको सभामुख चयनका लागि  आज निर्वाचन हुने भएको छ ।  १ सय१० जना सदस्य रहेको यस प्रदेशको निर्वाचन सम्बन्धी प्राप्त जानकारी अनुसार प्रस्तुत प्रदेशसभाको सभामुख चयनको लागि आज विहान ११ बजे मनोनयन दर्ता, १२ बजे नामावली प्रकाशन र ३ बजे प्रदेशसभाको बैठकको ध्वनिमतका आधारमा परिणाम घोषणा गरिने बताईएको छ ।

त्यस लगत्तै आजै निर्वाचित सभामुखलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथग्रहण सहित पदभार ग्रहण गराउँने कार्यक्रम रहेको बुझिएको छ ।

यसैवीच  प्रदेश नं ३ को  सभामुखका  लागि एमालेका  तर्फबाट प्रदेशसभा सदस्यमा  निर्वाचित     सानुकुमार श्रेष्ठले उम्मेदवारी  दर्ता गराउँने तयारी रहेको  थाहाभएको  छ ।   वाम गठबन्धनको  सहमति अनुसार    सभामुखमा एमाले र उपसभामुखमा माओवादीको  भागमा परे अनुरुप  उपसभामुखमा माओवादीकी    राधिका तामाङ उम्मेदवार बन्ने भएकी छिन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।