शुक्रबार, चैत्र १६, २०८०

मन्त्रिपरिषद्को बैठक :  राष्ट्रियसभाका लागि सदस्य मनोनितको जिम्मा प्रमलाइ

 राष्ट्रकवि घिमिरेलाई नेपाली सेनाका मानार्थ सहायकरथीको सम्मान

काठमाडौ माघ२६,  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसमाका लागि मनोनित हुने ३ सदस्यका बारेमा निर्णय गर्ने जिम्मा प्रधानमन्त्री शेरवहादुर देउवालाई दिएको छ ।

बैठकपछि सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले शनिबारसम्म नितिगत निर्ण हुने जानकारी दिनुको अलावा आजको बैठकले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाका मानार्थ सहायकरथीको दर्जा दिने, औद्योगिक कानुन संशोधन र तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने, नेपाल र कतारबीच सरकारी तथा उच्च ओहोदाका राहदानीवाहकलाई प्रवेशाज्ञाशुल्क छुट दिने निर्णय गरेको बताउँनु भएको छ ।

साथै उहाँले आजको बैठकबाट बुढीगण्डकी आयोजनाको लगानीसम्बन्धी प्रतिवेदन स्वीकृत लगायतका निर्णय भएको जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।