शुक्रबार, बैशाख १४, २०८१

हाम्रा भन्दा राम्रा अन्यायमा…

हाम्रा राम्रा भन्दा नि ,राम्रा हाम्रा” भन्ने सिद्धान्त अनुशरण कार्यालयमा कहिले देखि होला? उफ् ! उदेक लागेर आउँछ ।  बिडम्बना यहि छ कि, केही राम्रो गर्छु भनेर जोशले लागिपरेका कर्मचारीहरु राजनैतिक गुटबन्दीले अन्यायमा परिरहेका थिए र परिरहेकै छन्।   अधिकांस कार्यालयमा राम्रो गर्न खोज्नेकै खेदो खन्नेको संख्या बढी हुने गर्दछ, आखिर किन ? अनेकन आक्षेप लगाएर हुन्छ या त मानसिक यातना दिएर हजारौँ इमान्दार कर्मचारी दिन प्रतिदिन शोसित हुन बाध्य पारिएका छन्। हाम्रा जतिलाइ जे गरे नि छुट, राम्रा जतिलाइ नियमको परिधीमा बाँध्न खोज्ने प्रशासकलाइ चाहिँ कुनै नियम नचाहिने हो र ?

  आफन्तजन,भनसुन र चाकरीका भरमा चलेका कार्यालयमा राम्रा कर्मचारीले सास फेर्नै नपाउने हो र? जायज कुरो बोल्नै नपाउने हो र? आफ्नो कुरो राख्नै नपाउने हो र?  कर्मचारीको सक्षमतामाथी प्रश्न उठाउने ,योग्यताको खिल्ली उडाउने  अधिकार  प्रशासकलाइ कुनै पनि कानूनले दिएको छ जस्तो लाग्दैन।
नेपालको संविधान २०७२ मा नै मौलिक हक अन्तर्गत स्वतन्त्रताको हक, सुचनाको हक भनी उल्लेख गरिएको छ। तर कर्मचारीले किन सत्य कुरो बोल्दा अपमानित हुनुपर्ने? कार्यालयका गतिविधीका बारेमा जान्न खोज्दा किन शत्रु हुनुपर्ने ? अन्धाहरुको देशमा आफ्नो आँखा नि फुटाइदेला भन्ने डरले के अन्धो भएको नाटक गर्नै पर्ने हो र? आफू र आफू नजिकका कर्मचारीलाइ हुने गरि निति नियम बनाउने र बाँकीलाइ अन्यायमा पार्ने गतिविधिले दिन प्रतिदिन प्राथमिकता पाइरहेकै हो त?   हो भने, यस्ता गतिविधि नियन्त्रण आउनुपर्छ।अन्यथा हरेक कार्यलय भ्रष्टहरुको अड्डा बन्ने छ। सत्य विलिन भएर जाने छ।इमान्दार, अनुभवी ,योग्य कर्मचारीहरु बहुलाउँदै हिँड्नुपर्नेछ।समयमै ध्यानाकर्षण होस्।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

                                                                                                                                                                  रविना महर्जन (शिक्षक)
च्वाडी पब्लिक मा.वि, नुवाकोट