शनिबार, बैशाख १५, २०८१

यी हुन नवनियुक्त प्रम ओलीका आर्थिक समृद्धिका रोडम्याप

भ्रष्टाचारमा पूर्ण रुपमा शून्य सहनशीलताको व्यवहार

 काठमाडौं फागुन ४, नेकपा एमालेका अध्यक्ष केपी आली मुलुकको दोस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकमा उहाँले मुलकुकको समृद्धिका लागि भन्दै स्थानीय , आर्थिक, सामाजिक, प्राविधिक र स्वास्थ्य क्षेत्रलाई केन्द्रीत महत्वाकाक्षी योजना आफ्नो अभिष्ठ रहेको बताउँनु भएको छ ।

यसको लागि संघीय संसद् भवन निर्माण स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्ने देखि लिएर संघीय संसद् भवन निर्माण र मुलुकको समृद्धिका लागि जन चाहना अनुरुपका अभियान अन्र्तगत शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता विकासका काम र आन्तरिक तथा बाह्य लगानी वृद्धि, उद्योग व्यवसायलाई बढावा दिने कामलाइ प्राथमिकरण गर्दै रोजगारीका अवसरको सिर्जना सामाजिक आर्थिक रुपमा समानता, न्याय, समानताको व्यावहारिक कार्यान्वयन गर्ने एवं शासकीय सुधार तथा भ्रष्टाचार नियन्त्रण गर्नेतर्फ सरकार कटिबद्ध भएर लाग्ने बताउँनु भएको छ ।

त्यस्तै उहाँले अनियमितता, कानुनविपरीत हुने कुनै पनि काममा सम्झौता नर्गने बताउँदै भ्रष्टाचारमा पूर्ण रुपमा शून्य सहनशीलताको व्यवहार गनेृ प्रतिवद्धता अभिव्यक्त गरेका छन । यसअघि पहिलो पटक नौ महिना सरकारको नेतृत्व गर्दाको अवस्था पनि प्रम ओलीले पहिलो मन्त्रिपरिषद बैठकमा देशभरका नदीमाथिका तुइन हटाउने निर्णय गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।