मङ्लबार, बैशाख ११, २०८१

ग्याल्बो ल्होसारको अवसरमा राष्ट्रपतिबाट शुभकामना

 काठमाडौ फागुन ४, शेर्पा समुदायकोको महान पर्व ग्याल्बो ल्होसारका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा समुदायप्रति सुख, शान्ति एवम् समृद्धिको कामना गनुभएको छ ।  उहाँले आफ्नो सन्देशमा सिंगो नेपाली संस्कृतिभित्रको एक महत्वपूर्ण पर्वका रुपमा रहेको ल्होसारले सबै नेपालीमा उत्साह एवम् उमङ्ग बढाउँदै नेपालीबीचको एकता, सद्भाव एवम् मित्रता कायम राख्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना समेत गर्नु भएको छ । 

यसैवीच उपराष्ट्रपति नन्दबहादुर पुनले पनि प्रस्तुत पर्वको अवसरमा सम्वद्ध सवैमा शुभकामना अभिव्यक्त गर्दै सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । साथै माध्यमबाट नेपालीको आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकता अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।