आइतवार, बैशाख १६, २०८१

पूर्व राजा शाहले भने- प्रजातन्त्र भनेको निर्वाचनहरुको आयोजना मात्र हो भन्ने भ्रम राखिनु हुन्न

  • २०६३ बैशाख ११ पछिको राजनीतिक परिवर्तनको अब समीक्षा गर्ने बेला आइसकेको जिकिर
  •  राजनीतिक परिर्वतनपछिको दशकमा देश र जनहितप्रति संवेदशील एवम् जिम्मेवार व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्दिकृत सोचको पासोमा देशको राजनीति अल्झिएको छ भन्ने प्रश्न
  •  सीमित व्यक्तिहरुको स्वार्थ रक्षालाई नै प्रजातन्त्र ठान्ने जनताले आत्मसाथ गरिदिनुपर्ने हो कि होइन भन्ने अर्को प्रश्न 

काठमाडौ फागुन ७ , पूर्वराजा ज्ञानेन्द्र शाहले ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जारी शुभकामना वक्तब्य मा मुलुकको पछिल्लो राजनीतिक व्यवस्थामाथि गम्भीर प्रश्न उठाउँदै निर्वाचन हुँदैमा प्रजातन्त्र वा गणतन्त्र संस्थागत भयो भनेर मान्न नसकिने त्यस्तै प्रजातन्त्र भनेको निर्वाचनहरुको आयोजना मात्र हो भन्ने भ्रम राखिनु नहुने बताउँनु भएको छ ।

साथै पूर्व राजा शाहले ‘२०६३ बैशाख ११ पछिको राजनीतिक परिवर्तनको अब समीक्षा गर्ने बेला आइसकेको जिकिर गर्दै नेपाली जनता अब जागृत हुनको विकल्प नभएको र ११ वैशाख २०६३ को राजनीतिक परिर्वतनपछिको दशकमा देश र जनहितप्रति संवेदशील एवम् जिम्मेवार व्यवहार प्रस्तुत भइरहेको छ या अझै केन्दिकृत सोचको पासोमा देशको राजनीति अल्झिएको छ भन्ने प्रश्न गर्न भएको छ ।

   साथै उहाँले प्रजातन्त्र संस्थागत गर्ने तथा समस्या समाधान निकाल्ने क्रममा गरिएका सहमति कार्यान्वयन नभएकोमा पनि गुनासो गर्दै देशको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकतालाई सबल तुल्याउँदै जनताको सर्वोपरी हितलाई केन्द्रमा राखेर व्यवहार गर्ने व्यवस्था मात्र प्रजातान्त्रिक हुनसक्ने पनि जिकिर विज्ञप्तिमा उल्लेख  गर्नु भएको छ ।   त्यस्तै विज्ञप्तिमा सीमित व्यक्तिहरुको स्वार्थ रक्षालाई नै प्रजातन्त्र ठान्ने जनताले आत्मसाथ गरिदिनुपर्ने हो कि होइन भन्ने अर्को प्रश्न सहित कानुनी राज एवम् सुशासनको प्रत्याभूति दिलाउन नखोज्ने अवस्थालाई नेपाली जनताले कहिलेसम्म व्यहोर्नुपर्ने हो भन्दै   पूर्वराजा शाहले सबै नेपाली जनताको भावना समेट्दै देशको राष्ट्रियता तथा राष्ट्रिय एकता समृद्ध बनाउने साधनका रुपमा प्रजातन्त्र प्रयुक्त हुने अवस्था बन्नुपर्नेमा पनि जोड दिनु भएको छ ।

यसअघि गत माघ २२ गते भारतको उडिसामा आयोजित धार्मिक महोत्सवमा सहभागी हुन आजजाने क्रममा पूर्वराजा शाहले विमानस्थलमा संचारकर्मीलाइ छोटो प्रतिक्रीया दिदै उहाँले भने हिँड्ने बाटो फरक फरक भएपनि सिद्धान्त त भने निष्ठावान एवम् अडिग हुनुपर्ने बताउँनु भएको छ । त्यस्तै साहित्यीक पारामा उहाँले भने रुखमा पात झर्लान, तर जरा भने उही रहने बताउँनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।