शुक्रबार, चैत्र १६, २०८०

प्रम ओली र अध्यक्ष प्रचण्डबीचको वान टु वान वार्ताले निष्कर्ष पहिल्याउन सकेनन

भक्तपुर फागुन ६,  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र का अध्यक्ष प्रचण्ड बीचको आज भएको वान टु वान वार्ता निष्कर्ष विहिन भएको छ ।  माओवादी निकट मानिने व्यापारी दुर्गा प्रसार्इंको घरमा भएको डिनर सहितको चारघण्टे वार्तामा पार्टी एकता र सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइएपनि उहाँहरुवीचको कुराकानी आफैमा सकारात्मक बन्न नसकेको समाचार सूत्रको दावी रहेको छ ।

यदि उहाँहरुवीचको वार्ता सकारात्मक भएको भए शनिवार प्रम ओलीको निजी निवास वालकोटमा बसेको बैठकको निष्कर्ष स्वरुप आज पार्टी संयोजन समितिको बैठक बस्ने र सवै मुछालाइ प्याकेजमै सम्बोधन गर्ने बताईएको थियो । तर शनिवारको वार्तानै सकारात्मक बन्न नसकेका कारण आज संयोजन समितिको बैठक समेत बस्न नसकेको बुझिएको छ ।

यद्यपी आजको भेटवार्ताको सवालमा प्रम ओलीका प्रेस सचिवालय संयोजक चेतन अधिकारीको भनाइ उदृत गर्दै उहाँहरुवीच सकारात्मक कुराकानी भएको अव बस्ने संयोजन समितिको बैठकले नितिगत निर्णय गर्ने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।