शनिबार, बैशाख १५, २०८१

नितिगत सहमतिका लागि आज एकता संयोजन समितिको बैठक बस्दै

राष्ट्रपति र सभामुखजस्ता महत्वपूर्ण पद आफूहरुले पाउँनु पर्ने प्रचण्डको माग, पार्टीको नीति जबज कि माओवाद भन्ने अन्यौल कायमनै

काठमाडौ फागुन ६,  एमाले र माओवादी केन्द्रले पार्टी एकता र सरकारमा सहभागीता के कसरी भन्ने सवालमा नितिगत सहमति कायम गर्न आज एकता संयोजन समितिको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार भएको छलफलपछि दुवै विषयलाई प्याकेजमै टुंग्याउने समझदारी भएअनुरुप आज समितिको र्बठक बस्न लागेको हो ।

आजको बैठकमा मुलत पार्टी एकताका बाँकी विषय, मन्त्रिपरिषद् गठन लगायतका एजेन्दामा छलफल सहित एकीकृत पार्टीको सांगठनिक स्वरूपका विषयमा विशेष छलफल हने बताईएको छ ।

यसैवीच प्रम ओली अध्यक्ष प्रचण्डवीच शनिवार भएको छलफलमा प्रचण्डले राष्ट्रपति र सभामुखजस्ता महत्वपूर्ण पद आफूहरुले पाउनुपर्ने र एकीकृत पार्टीले लिने नीति जबज हुने कि माओवाद के हुने भन्ने सवालमा प्रश्न गरेपछि  केहिहदसम्म विवादको अर्को श्रृखला सुरु भएको सूत्रको दावी रहेको छ ।
तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।