शनिबार, बैशाख १५, २०८१

१३ किलो ५०० ग्राम गाँजासहित पूर्णिमाया पक्राउ

  भक्तपुर पुस २१,  नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले भक्तपुर चाँगुनारायण नगरपालिका पीपलबोटबाट १३ किलो ५०० ग्राम अवैध गाँजासहित पूर्णिमाया तामाङलाइ पक्राउ गरेको छ ।

विहिवार तामाङले आफ्नै घरबाट गाँजा अवैध बिक्री वितरण गर्दै आइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापामार्दा अवैध गाँजासहित उनलाई पक्राउ गरिएको जनाउँदै निजलाइ लागुऔषध ओसारपसार ऐनअन्तर्गत म्याद थप गरेर अनुसन्धान सुरुगरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।