शुक्रबार, चैत्र १६, २०८०

सर्वोच्चद्दारा कोख भाडामा लिएर बच्चा जन्माउने प्रवृतिमाथि प्रतिबन्ध

काठमाडौं पुस २१ , सर्वोच्च अदातलका न्यायाधीशज्ञय दीपकराज जोशी, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको पूर्ण इजलासले सरोगेसी सेवा अर्थात कोख भाडामा लिएर बच्चा जन्माउने प्रवृतिलाई अनुमति नदिने फैसला गरेसंगै अव नेपालमा भाडामा कोख लिएर बच्चा जन्माउन प्रतिबन्ध लागेको छ ।  यसअघि ग्राण्डी सिटी हस्पिटल,ओम अस्पताल, भेनस अस्पताल लगायतका स्वास्थ्य सेवा प्रदान गर्ने निकाय अन्य निकायले स्वास्थ्य मन्त्रालयको अनुमतिविना सरोगेसी ��ेवा सञ्चालन गर्दै आएको थियो ।

 यसअघि सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले सरोगेसी सेवा नगर्न नगराउन सरोगेसी सेवाबाट जन्मिएका बच्चाको कानुनी रुपमा आमा, बाबुको दायित्व के हुने, आमाको कोख व्यापारिक प्रयोग गर्न मिल्ने वा नमिल्ने भन्ने प्रश्न निरुपण नभएसम्म सो सेवा सञ्चालन नगर्न\नगराउन र सञ्चालन गर्ने अनुमति नदिनू  भन्दै अन्तरिम आदेश जारी गरे पनि स्वास्थ्य सेवा वा पर्यटनका नाममा अवैधरुपमा सेवाप्रदायक संघसस्थाले यो सेवा जारी रादै आएको थियो । अव भने अदालतको आदेशसंगै सरोगेसी सेवा माथि पूर्णत प्रतिबन्ध लाग्ने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।