शनिबार, बैशाख १५, २०८१

सोनाम ल्होछार साँस्कृतिक महोत्सव माघ ४ मा मनाउदै

माघ ४ मा पर्ने माघ शुक्लप्रतिपदा फागुन ४ मा भन्दै भ्रम फैलाएकोमा आपत्ति

काठमाडौं पुस २३ ,  नेपाल राष्ट्रिय तामाङ घेदुङले यहि आउदो माघ ४ गते  `खि´ नगि ल्हो, (कुकुर बर्ष)  २८५४ औं राष्ट्रिय सोनाम ल्होछार साँस्कृतिक महोत्सव भब्य रुपमा आयोजना गर्ने भएको छ। शनिवार रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बिबिध साँस्कृतिक कार्यक्रम सहित आउदो माघ २,३ र ४ गते राजधानीको टुँडिखेलमा बृहत रुपमा सोनाम ल्होछार मनाउन लागेको २८५४ औ सोनाम ल्होछार मुल आयोजक समितिको संयोजक वीर बहादुर योन्जनले जानकारी दिनु भएको हो । 

उक्त अबसरमा पुरानो चरा बर्स, ज्या ल्हो, लाई बिदा गर्दै नयाँ कुकुर बर्ष लाई स्वागत गर्दै विविध कार्यक्रमहरु गरिने जनाएको छ। माघ २ गते रक्तदान कार्यक्रम,३ गते तामाङ सेलो ग्रुप नृत्य प्रतियोगिता,साँस्कृतिक कार्यक्रम ल्होछर इभ र ४ गते शान्ति बाटिकाबाटसाँस्कृतिक झाँकी सहितको र्याली सहित टुँडिखेलमा प्रवेश गरि २८५४ औं सोनाम ल्होछार साँस्कृतिक महोत्सवको बिधिवत रुपमा प्रधानमन्त्री शेर बहादुर देउवाकको प्रमुख अततिथ्यतामा समुदघाटन गरिने आयोजकले जानकारी दिएका छन ।

पत्रकार सम्मेलनको प्रमुख अतिथी दक्षिण कोरियाको पुर्ब महामहिम राजदुत कमान सिं लामाले तामाङ जातिको सोनाम ल्होछार सदिऔं देखि साँस्कृतिक पर्बको रुपमा मान्दै आएको र पछिल्लो समय तिथि र मिति बारेमा बिबाद चर्केकोमा आपती जनाउनु भएको छ।वहाँ युगौ देखि माघ सुक्लप्रतिपदा अर्थात माघ महिना मै मान्दै आएको सोनाम ल्होछार माघ मै ल्हो फेर्ने भएकोले यसपाली पनि माघ सुक्लप्रतिपदा माघ ४ गते परेकोले कोहि पनि भ्रममा नपरी माघ ४ गते नै मनाउनको लागि अपिल गर्नु भएको छ।

 

त्यसैगरी पत्रकार सम्मेलनमा नेपाल पंचांग निर्णयक समितिको अध्यक्ष प्राध्यापक डा. राम चन्द्र गौतमले माघ ४ मा पर्ने माघ शुक्लप्रतिपदा फागुन ४ मा भन्दै भ्रम फैलाएकोमा आपत्ति जनाएको छ। नेपाल तामाङ घेदुङले माघ ४ को माघ शुक्ल फागुन ४ मा सरेको भनी भ्रम फैलाउनु सरासर गलत भएको टिप्पणी गर्दै भ्रममा नपर्न आग्रह गर्नु भएको छ। वहाँले तिब्बतीहरुको पात्रो धेरै पुरानो बिधीबाटै प्रकाशीत भएको र ग्रह नक्षेत्रको चालको मापनमा तलमाथी भएको जनाएको छ।

संसारको जुन सुकै ज्योतिष बिज्ञानले हेरे पनि ग्रह नक्षेत्रको मापनमा नेपालको गणितीय प्रणाली फेल नखाने भन्दै भ्रमात्मक प्रचार नगर्न समेत अपिल गरेको छ त्यसैगरी नेपाल पंचांग निर्णयक समितिका सदस्य प्राध्यापक डा.जगतमान गुरुङले तिब्बतको समय र नेपालको समय चक्र नै फरक रहेको र पुरानै बिधिबाट ग्रह राशि मापन गरेकोले तिब्बतीहरुको पात्रो नमिलेको दाबी गरेका छन खगोल र नक्षेत्रको आधारमा ग्रहहरुको चालको मापन कहिले फेल नखाने भन्दै नेपालको गणितिय प्रणाली अरुको भन्दा उत्कृष्ट रहेको दाबी गर्दै कुनै त्रुटि नरहेको र यसपाली माघ शुक्ल प्रतिपदा माघ ४ गते रहेकोले सोनाम ल्होछार माघ ४ मै परेको जनाएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।