शुक्रबार, चैत्र १६, २०८०

५ सय ५० प्रदेशसभा सदस्यलाइ राजधानीमै सपथ दिलाउने सचिवालयको तयारी

 काठमाडौं पुस २३ , प्रत्यक्ष र समानुपातिकतर्फबाट निर्वाचित भएका ५ सय ५० प्रदेशसभा सदस्यहरुलाइ सपथ खुवाउँनका लागि  सरकार र दलहरुवीच अस्थायी राजधानी तोक्ने सवालमा सहमति बन्न नसक्दा संसद सचिवालयले प्रदेश सभाका सासंदहरुलाइ राजधानीमै सपथ खुवाउने तयारी थालेको छ ।
यसको लागि सचिवालयले पायक पर्ने स्थानको खोजी गर्ने क्रममा  राजधानीस्थित राष्ट्रियसभा गृह, प्रज्ञा भवन, नेपाली सेनाको कार्यक्रम स्थल भद्रकाली र ललितपुरको नेपाल प्रशासनिक प्रशिक्षणको प्रेक्षालयलाइ संभाव्य स्थानको रुपमा सूचिकृत गरेको बुझिएको छ । संभवत सोमवार बस्ने मन्त्रीपरिषदको बैठकबाट सरकारले प्रदेश प्रमुख तोकेलगत्तै प्रदेशसभाका सदस्यलाई सपथ खुवाइने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।