शनिबार, बैशाख १५, २०८१

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता गरिदै

काठमाडौं माघ १० ,  आगामी माघ २४ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज ७ वटै प्रदेशमा उम्मेदवारको निर्वाचन अधिकृतको कार्यालयमार्फत मनोनयन दर्ता गरिँदैछ ।  मनोनयन दर्ताका लागि आयोगले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको राष्ट्रिय सभा निर्वाचन कार्यतालिका अनुसार प्रदेश नम्बर १ को मोरङको विराटनगर, प्रदेश नम्बर २ को धनुषाको जनकपुरधाम, प्रदेश नम्बर ३ को ललितपुर, प्रदेश नम्बर ४ को कास्कीको पोखरा, प्रदेश नम्बर ५ को दाङ, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताको व्यवस्था गरिएको जनाएको छ ।
साथै मनोनयन दर्ताका लागि उम्मेदवारहरुले नागरिकताको प्रतिलिपी, मतदाता नामावलीमा नाम समावेश गरिएको निस्सा, सरकारी कर्मचारी भए राजीनामा स्वीकृत भएको पत्र, १० हजार रुपैयाँ धरौटी तिरेको रसिद र दलीय उम्मेदवार भए आधिकारिक ब्यक्तिको हस्ताक्षरसहितको पत्र पेश गर्नुपर्ने प्रावधान कायम गरिएको छ ।

यसैवीच आज दर्ता गराईएका मनोनयन उपर उम्मेदवारको विरोधमा विहिवार उजुरी दिन सकिने जनाउदै आयोगले छ उक्त उजुरीमाथि छानबीन गरी १४ गते निर्वाचन कार्यालयले नामावली प्रकाशित गर्ने, सोही दिन उम्मेदवारी फिर्ताका लागि समय दिइने छ र १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिने जनाएको छ ।  गाउँ, नगर, महानगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाको सांसद मतदाता रहने प्रस्तुत राष्ट्रिय सभाको निर्वाचनमा स्थानीय तहका प्रमुख÷उपप्रमुख १ हजार ५ सय ६ तथा प्रदेश सभाका ५ सय ५० गरी २ हजार ५६ जना मतदाता रहेको र निर्वाचन प्रयोजनका लागि आगामी शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।