शुक्रबार, बैशाख १४, २०८१

यो वा त्यो नाममा आर्थिक सहायता वितरण नगर्न आयोगको निर्देशन

 काठमाडौ माघ १७,   निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको आयोगको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनको लागि जारी आचारसंहिता वशाल रहेको अवधिसम्म कुनैपनि आर्थिक सहायता रकम उपलब्ध नगर्न÷नगराउन अर्थ र गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगले माघ १२ गतेबाट निर्वाचन आचारसंहिता लागू भएको सूचना जारी गरेपनि यो वा त्यो नाममा आर्थिक सहायता वितरण भइरहेको जानकारी सार्वजनिक भएयता आयोगले यस्तो आग्रह गरेको हो ।
त्यस्तै आयोगद्दारा जारी विज्ञप्तिमा आर्थिक सहायता वितरणको विवरण माग गर्न गृह र अर्थ मन्त्रालयलाई पटकपटक पत्राचार गरिएकामा हालसम्म पनि उक्त विवरण प्राप्त नभएको उल्लेख गर्दै आयोगले यस विषयमा मुख्य सचिवसँग आग्रह गर्ने निर्णय गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।