शुक्रबार, बैशाख १४, २०८१

भारतीय प्रम मोदीको गोप्य मन्त्रणा सहित विदेशमन्त्री स्वराज आज अपरान्ह नेपाल आउँदै

काठमाडौं माघ १८, भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज साँझ काठमाडौं आइपुग्ने भएकी छिन् । के कति कारणले उनि नेपाल भ्रमणमा आउन लागेको हो त्यसको कुनै जानकारी नदिएपनि  विदेशमन्त्री स्वराजको यसपटकको भ्रमणलाइ निकै अर्थपूर्ण रुपमा व्याख्या गरिएको छ ।  त्यस्तै आगामी २२ गते पूर्व राजा ज्ञानेन्द्र भारत जाने तयारी चलिरहेको वेला विदेशमन्त्री स्वराजको भ्रमण भावी प्रधानमन्त्रीकारुपमा समेत चर्चा गरिएको नेकपा एमालेका अध्यक्ष केपी ओली लक्षित भएको बताइएको छ ।

यद्यपी नेपालको बदलिदो पछिल्लो घटनाक्रमकावीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गोप्य मन्त्रणा लिएर विदेशमन्त्री स्वराजलाई नेपाल आउन लागेको समाचार स्रोतको दावी गरिएको छ । तर त्यो गोप्य मन्त्रणा के सवालमा भने राजसंस्था पनि हुन सक्ने आशंका समाचार स्रोतको रहेको छ ।

त्यस्तै आज अपरान्ह ३ देखि ४ बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विदेशमन्त्री स्वराजले प्रस्तुत भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी देखि प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपराष्ट्रपति नन्दबहादुर पुन र मधेशवादी दलका नेतासंग अर्थपूर्ण सवाद तय भएको बताईएको छ  ।   विदेशमन्त्री स्वराजको भ्रमणदलमा विदेश सचिव विजयकेशर गोखले, नेपाल डेक्सका प्रमुख सुधाखर दलेला, प्रवक्ता रविस कुमार र २ जना सञ्चारकर्मी आउने भएका बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।