शुक्रबार, बैशाख १४, २०८१

मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य विजयी मनाङ्गेलाई ५ वर्ष जेल सजाय , सांसद पद स्वतः निलम्बनमा

काठमाडौं माघ २ सर्वोच्च अदालतले दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय सुनाएको छ । सर्वोच्चले ज्यान मुद्दामा मनाङ्गेलाई सजाय सुनाएसंगै मनाङ्गेको सांसद पद स्वतः निलम्बनमा परेको छ ।   त्यस्तै अर्का गुण्डा नाइके गणेश लामासहित चार जनाले भने अदालतले
सफाइ दिएका छन ।

२०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६१ सालमा चक्रे मिलन लगायतमाथि भएको सांघातिक आक्रमणमा मनाङेलाई ५ वर्ष कैद सजाय हुने ठहर गरेकोमा सर्वोच्चले आज सो फैसलालाई सदर गरेको हो ।  स्मरण रहोस मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य विजयी भएका छन् । तर, सपथ नलिँदै उनी ज्यानमुद्दामा दोषी ठहर भएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।