शुक्रबार, बैशाख १४, २०८१

प्रदेशसभा सदस्यलाइ निर्वाचित प्रमाणपत्र प्रदान

काठमाडौं माघ ५ , गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रदेशसभा सदस्यको निर्वाचन अन्र्तगत निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई आज एक कार्यक्रमकावीच आयोग परिसरमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रदेशसभा सदस्यमा ४८ पुरुष र १७२ महिला गरी २२० जना प्रदेशसभा सदस्यलाइ निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नु भएको आयोगले जनाएको  छ ।

प्रदेशसभा सदस्यको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३० र समानुपातिक निर्वाचन प्रणालीबाट २२० जना निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।