शुक्रबार, बैशाख १४, २०८१

पूर्व मन्त्री जोशीलाइ पितृशोक

काठमाडौं माघ ५ , नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उद्योगमन्त्री  नविन्द्रराज जोशी र काँग्रेस महासमिति सदस्य राजुराज जोशी लाइ पितृ शोक परेको छ ।   नेता जोशीका पिता गजेन्द्रराज जोशीको ८३ वर्षका उमेरमा उपचारको क्रममा  आज   १२:४० बजे  निधन  भएको हो ।  स्व जोशी दमसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।  उहाँको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिने भएको छ ।

दु: खको यस घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति यस www.kantipurhotline.comको तर्फबाट ईश्वरले धर्यधारणा गर्न सक्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।