शनिबार, बैशाख १५, २०८१

सवारी पार्किङ्ग नियन्त्रण टोलीका बर्दिधारी गुण्डाशैलीको आंतक प्रति महानगरवासीको आक्रोस

काष्ठमण्डप परिसरमा अनाधिृकत पार्किङ्ग भन्दै सवारी साधन उठाउँदै....
  • त्यस्तै आफ्ना चुनावी प्रतिवद्धता विपरित एक पछि अर्को विवादास्पद काममा संलग्न भएकै कारण यो वा त्यो विवादमा तानिदै आएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य फेरि एकपटक आफ्नै नगरप्रहरी अर्थात अनाधिकृत पार्किङ्गसवारी नियन्त्रण टोलीले माथिको आदेश भन्दै गर्ने गरेको व्यवाहारले थप विवादमा तानिदै

  • अनाहक दुख दिने सवारी साधान तोडफोड गर्ने जस्ता बर्दिधारी गुण्डाशैलीको आंतक कुनैपनि अर्थमा स्वीकार गर्न नसकिने स्थानीयको जनाउ

  •  पार्किङ्गका नियन्त्रणको नाममा व्यक्ति र केहि संस्थाका ठूलाठालुले कमाउ धन्दा नै सञ्चालन गरेको जनाउ

  •  आदेश पालक अनाधिकृ पार्किङ्ग सवारी नियन्त्रण टोलीलाइ इन्द्रचोकबाट मखन प्रवेस गर्ने मार्ग अर्थात तारनी वहाल मार्गमा हुने गरेको अव्यवस्थित वजार र पार्किङ हटाउन चुनौती

  •  ट्याकसीले हामीलाइ पैसा दिन्छ तिमिहरुले दिन्छौं भनेर भन्नु भ्रष्ट आचारणको पराकाष्ठा

  •  मथिको आदेश भन्दै जनताप्रति दुराशय पूर्ण व्यवाहार

  • क्षतिग्रस्त सम्पदाको निर्माणमा  कुनै सम्बोधन गर्न नसक्ने तर सवारी पार्किङ्ग नियन्त्रण गरेर कस्तो किसिमको सौन्दर्य पयर्टकलाइ देखाउँन खोजेको हो 

काठमाडौं पुस १२ , काठमाडौ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थल हनुमानढोका दरवारक्षेत्र यस आसपासका क्षेत्रमा बढ्दो सवारी साधन आवत जावत, अव्यवस्थित पार्किङ्ग तथा उक्त क्षेत्रमा सभा समारोह लगायतका यावत कार्यक्रमको आयोजनामा रोक लगाउँने सवालमा गरेको निर्णय आफैमा स्वागत योग्य भए पनि कामपा प्रस्तुत निर्णय अहिले आम महानगरवासीको लागि आक्रोस एवम् प्रतिकारको प्रसग बन्ने संभावना दिनानुदिन बढ्दो देखिन्छ । 

काष्ठमण्डप परिसरमा बर्दिधारी गुण्डाशैलीको आंतक प्रर्दशन गर्दै अनाधिकृत पार्किङ्गसवारी नियन्त्रण टोली…

 हुनत काठमाडौं महानगरपालिकाले दरवार क्षेत्रको सौन्दर्यतामा प्रतिकूल असर पर्नुका साथै प्राचीन, प्राकृतिक, ऐतिहासिक एवम् पुरातत्विक सम्पदाहरुको अवलोकन गर्न आउनु हुने विदेशी तथा स्वदेशी पाहुनालाई भ्रमण रअवलोकनमा बाधा पर्नुका साथै दरवार क्षेत्रको सम्बन्धमा अन्तराष्ट्रिय क्षेत्रमा समेत नकरात्मक सन्देश प्रवाह भएको भन्दै गरेको यस निर्णप्रति हाम्रो कुनै विमति भने पक्कै होइन तर गरिएको निर्णयको कार्यान्वयनको पक्ष पूर्वाग्रही भयो स्थित आफैका विकराल हुने संभावनालाइ मात्र यहाँ ध्यानाकर्षण गराउँन खोजिएको हो ।

काष्ठमण्डप परिसरमा सवारी साधन उठाउँदै….

 कामपा अन्र्तगत दरवार क्षेत्रमा सञ्चालित बसन्तपुर दरवार क्षेत्र संरक्षण कार्यक्रम मातहतमा यस क्षेत्रमा पटकपटक सवारी साधन आवत जावत तथा पार्किङ्गका साथै स्थानीय स्तरमा परम्परागत रुपमा हुदै आएका धार्मिक एवम् साँस्कृतिक कार्यक्रम बाहेकका अन्य कुनै पनि कार्यक्रम सञ्चालन गर्न नपाउने गरी पूर्णरुपमा निषेधको निर्णय गरेको भएपनि निर्वाद रुपमा हनुमानढोकास्थित महादेव पार्वर्ती दवलीमा राजनैतिक कार्यक्रम सभा र गोेष्ठि हुँदै र भइरेका छन । यस तर्फ नत महानगरपालिकाको ध्यान पुगेको छ नत आफुलाइ अभियन्ताको परिचय दिन पछि नपर्ने कान्तिपुर विकास समिति नामक संस्था लगायतका अन्य स्थानीय संघ संस्थाको नै । राजधानीको अति व्यस्त मरु गणेशस्थान बजार र आसपासको क्षेत्रमा अनियन्त्रित रुपमा बढ्दो फुटपाथ बजार एवम्

माजु देवल पसिरमा अव्यवस्थित पार्किङ्ग सवारी ..

ट्राफिक व्यवस्थापन लगायत वटुवा आगमनमा समस्या सिर्जना भएको भन्दै देखाउटी रुपमा विशेष अप्रेसन भन्दै अनेकन अभियान सुरु गरेको पनि हो तर आज भोली यसक्षेत्रमा ति संस्थाको गतिविधी प्राय शून्य देखिएकाले यि संघ संस्थाको क्रिया- कलाप आफैमा नौटङकीको परिचायक बनेको छ ।  त्यस्तै इन्द्रचोकबाट मखन प्रवेस गर्ने मार्ग अर्थात तारनी वहाल मार्गमा आज भोली हुने गरेको अव्यवस्थित वजार र पार्किङका कारण ट्राफिक व्यवस्थापनमा हुँदै आएको समस्या र प्रस्तुत समस्याले महानगरवासीको आवागमनमा हुँदै आएको समस्या प्रति किन चासो दिन नसकेको हो आफैमा शसयंको विषय वनेको छ ।

काष्ठमण्डप परिसरमा निर्वादरुपमा विच वाटोमा रोकिएको सवारी ..

यस सम्बन्धमा हामिले जिज्ञासा राख्दा अव्यवस्थित वजार र पार्किङ्गका सरोकारवाला पक्षले स्थानीय संघसस्थालाइ सो वापट पैसा बुझाउँदै आएको भन्ने जवाफ पाउनुले पनि घटनाक्रमलाइ अझ मुखरित गरेको छ । कि यहाँ अव्यवस्थित वजार र पार्किङ्गका नियन्त्रणको नाममा व्यक्ति र केहि संस्थाका ठूलाठालुले कमाउ धन्दा नै सञ्चालन गरेको सहजै वोध हुन्छ ।

त्यस्तै महानगरपालिकाको अनाधिकृत पार्किङ्गसवारी नियन्त्रण टोलीको गुण्डा शैलीको आतंकले ले त झनै महानगरवासीमा थप आंतक सिर्जना गरेको छ । भनाएको आशय ताक परे तिवारी नत्र गोतामे भने जस्तै काष्ठमण्डप परिसरमा केहि मिनेका  लागि आफ्नो सवारी साधान रोक्दै आफ्नो परम्परागत धार्मिक आस्था अनुरुप नगिचै रहेको अशोक विनायक मन्दिर परिक्रमा गर्दै गरेको व्यक्तिको सवारी साधन नउठाउन अनुनय आग्रह गर्दा पनि कुनै सुनवाइ नगरी बलजफ्ती रुपमा साधन उठाउने तर घण्टौ देखि सडकको वीचमा अव्यवस्थीतरुपमा पार्किङ्ग गर्दै गरेको कालोप्लेटको ट्याकसीलाइ ससम्मान छुट दिने गर्दछ । यसवीचमा प्रतिकार गर्दा माथिको आदेश भन्दै लुछाचोडी गर्ने रवैयाले आज आम महानगरवासी आंतकित भएका छन ।

माथिको आदेश भनेको महानगर प्रमुख विद्यासुन्दर शाक्य हो वा नगरप्रहरी प्रमुख वा संरक्षण कार्यक्रम प्रमुख कसको आदेश हो ? जनतालाइ दुराशय पूर्ण व्यवाहार गर्ने । कित सवैलाइ कारवाही गर्नु पर्यो होइन भने पूर्वाग्रही व्यवहार किमार्थ गर्न पाइन्न । व्यवस्थित रुपमा गरिएको पार्किङकले समस्या सिर्जना गरेको देख्ने आदेश पालक अनाधिकृत पार्किङ्ग सवारी नियन्त्रण टोलीलाइ 

(इन्द्रचोकबाट मखन प्रवेस गर्ने मार्ग अर्थात तारनी वहाल मार्गमा हुने गरेको अव्यवस्थित वजार र पार्किङ …)

हटाउन चुनौती दिदै एक स्थानीयले आक्रोस पोख्दै गर्दा टयाकसीले हामीलाइ पैसा दिन्छ तिमिहरुले दिन्छौं भनेर भन्नु भ्रष्ट आचारण को पराकाष्ठा सिवाय अरु केहि होइन  भन्दै दरवार क्षेत्रको सौन्दर्यतामा प्रतिकूल असर पर्नुका साथै प्राचीन, प्राकृतिक, ऐतिहासिक एवम् पुरातत्विक सम्पदाहरुको अवलोकन गर्न आउनु हुने विदेशी तथा स्वदेशी पाहुनालाई भ्रमण रअवलोकनमा अव्यवस्थित वजार र पार्किङ्गले समस्या सिर्जना गर्छ भने नियमित अनुगमन सहित चेकजाँच गर्नु होइन भने आकलझुकल स्थानीय व्यापारी नगरवासी र मन्दिर दर्शनार्थिलाइ माथिको आदेश भन्दै अनाहक दुख दिने सवारी साधान तोडफोड गर्ने जस्ता बर्दिधारी गुण्डाशैलीको आंतक कुनैपनि अर्थमा स्वीकार गर्न नसकिने बताए । साथै उनले भने –    महाभूकपले  क्षतिग्रस्त सम्पदाको निर्माणमा  कुनै सम्बोधन गर्न नसक्ने तर सवारी पार्किङ्ग नियन्त्रण गरेर कस्तो किसिमको सौन्दर्य पयर्टकलाइ देखाउँन खोजेको हो । 

त्यस्तै गरि पार्किङ्ग सवारी नियन्त्रण टोलीको गुण्डा शैलीको विरोध गदै अर्का एक स्थानीय व्यापारीले पनि तिव्र आक्रोस व्यक्त गर्दै एक दुइजनाले साथ दिने हो भने प्रतिकार अगुवाइ आफु स्वयमले गर्ने जनाउ दिदै हामीसंग भने -अनाधिकृत सवारी पार्किङ्ग सवारी नियन्त्रण टोली्मा आउँने नेपाल ट्राफिककी महिला, मुस्कान सहितको सेवा प्रवाह गर्ने नेपाल प्रहरीको जवान र नगरप्रहरीको व्यववाहार जनमैत्री बन्न नसक्दा भयावह समस्या सिर्जना नहोला भन्न सकिन्न ।  त्यस्तै आफ्ना चुनावी प्रतिवद्धता विपरित एक पछि अर्को विवादास्पद काममा संलग्न भएकै यो वा त्यो विवादमा तानिदै आएका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य फेरि एकपटक आफ्नै नगरप्रहरी अर्थात अनाधिकृत पार्किङ्गसवारी नियन्त्रण टोलीले माथिको आदेश भन्दै गर्ने गरेको व्यवाहारले कामपा प्रमुख शाक्य स्वयमलाइ थप विवादमा तानिदै छ । 

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।