शुक्रबार, चैत्र १६, २०८०

भिगार्डको स्मार्ट गिजर नेपाली बजारमा

काठमाडौं पुस १२ , जाडो याम सुरु भए सँगै पानी तताउँने स्मार्ट गिजर भिगार्डले   नेपाली बजारमा ल्याएको छ । भारतीय बजारमा प्रतिष्ठा कमाउन सफल भईसकेको भिगार्ड कम्पनीका गिजरहरु नेपाली बजारमा पनि आफ्नो उच्च स्थान कायम गर्दै आएको छ । त्रिवेणी ग्रुप अन्तर्गत रहेको   GP Trading Concern ले ग्राहकको उच्च माग अनुरुप भिगार्डका गिजरहरु आयात गर्न शुरु गरेको हो ।

भिगार्ड कम्पनीका गिजरमा ८ वर्षको वारेन्टी समेत रहेको छ । जुन अन्य कम्पनीको तुलनामा धेरै नै हो । यसका प्रडक्टहरुमा (ABS) आउटर बडि र हिटिङ्ग इलिमेन्ट  (ISI) आई. एस .आई मापदण्डमा आधारित रहेको छ । हाम्रा प्रडक्टहरुमा डब्ल्यु पि. ई (WPE),आई पि सि एस(IPCS) जस्ता उच्च स्तस्रका प्रविधिको प्रयोग भएको छ ।

भिगार्ड कम्पनी बाट उत्पादित विद्युतीय गिजरको प्रमुख विशेषता भनेको यसले कम विद्युत खपत गर्नु नै रहेको छ । यसका हिटिङ्ग एलिमेन्टहरु आई.एस.आई मान्यता प्राप्त रहेका छन् । गिजरमा ८ वर्ष सम्मको वारेन्टी रहेको छ । अरु ब्राण्ड भन्दा केही फरक भिगार्डका गिजरहरु आकर्षक डिजाईनमा उपलब्ध हुनुका साथै गुणस्तर युक्त रहेको बताईएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।