सोमवार, बैशाख २४, २०८१

राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश जारी

काठमाडौं पुस  १४, राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को मिति २०७४/७/६ को बैठकबाट सिफारिस भएको राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ प्रमाणीकरण गरेकी छन् ।  नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त   अध्यादेश जारीभएसैगै अव मुलुकमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मार्ग प्रसस्त भएको छ ।

सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेशमा उल्लेख भएको एकल संक्रमणीय प्रणालीको सट्टा बहुमतीय प्रणाली राख्न प्रमुख प्रतिपक्षी एमालेले माग गर्दै आएको छ भने कांग्रेस सरकारले पेश गरेको अध्यादेशका पक्षमा आफ्नो मत जाहेर गर्दै आएको थियो । एकल संक्रमणीय कि बहुमतीय मत प्रणाली भन्ने विवादका कारण यो अध्यादेश लामो समयदेखि शीतल निवासमा अड्एिको थियो ।

राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा गठन अध्यादेश जारी गर्नुपूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीलाई आफ्नै कार्यालयमा बोलाएर परामर्श गर्नु भएको थियो । त्यसक्रममा प्रधानमन्त्री देउवा कांग्रेस कार्यसम्पादन समितिको बैठक बीचैमा रोकेर राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए भने त्यसअघि एमाले अध्यक्ष केपीओलीले राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए ।

स्मरण रहोस एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा बिहीबार बसेको स्थायी समिति बैठकमा एमाले नेताहरूले कांग्रेसको व्यवहार र अध्यादेशमा सहमति नभएका कारण नयाँ सरकार गठनमा देखिएको जटिलतामा केन्द्रित रहेर पछिल्ला घटनाक्रमको समीक्षा गर्दै कांग्रेस सहमतिमा नआएका कारण अध्यादेश छिटो पारित गर्ने दिशामा अग्रसर हुने निष्कर्ष सहित एमाले अध्यादेश पारितका लागि लचकभएसंगै प्रस्तुत अध्यादेश जारी भएको हो ।

अव अध्यादेश जारी भएपछि   पछिल्लो समय भइरहेको राजनीतिक गतिरोधको अन्त्य हुनुको अलावा राष्ट्रियसभाको निर्वाचन हुनुको अलावा प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको सिट समेत सार्वजनिक गर्ने मार्ग खुला भएको छ । त्यस्तै अव राष्ट्रिय सभा सदस्यको निर्वाचनको मिति तोकेसँगै प्रधानमन्त्री देउवाले पदबाट राजीनामा दिने सम्वद्धस्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।