सोमवार, बैशाख २४, २०८१

प्रमुख दल प्रदेससभाको समानुपातिकतर्फको सूची आयोगमा बुझाउने अन्तिम तयारीमा जुट्दै

काठमाडौ पुस १४,   निर्वाचन आयोगमा सम्पन्न प्रदेससभाको समानुपातिकतर्फको सांसदको सूची कार्यालय समयभित्र दलहरुले प्रदेशसभामा पाएको सिट संख्याअनुसार समानुपातिक सांसदको सूची बुझाइसक्नुपर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार आज अन्तिम दिन हो । यसको लागि राजनीतिक दलहरुले सांसद चयन गर्ने तयारीमा जुटेका छन् ।

प्रदेश समानुपातिकतर्फ :

  • एमालेले ७५
  •  कांग्रेसले ७२
  •  माओवादीले ३५
  •  संघीय समाजवादी फोरम नेपालले १३
  •  राष्ट्रिय जनता पार्टीले १२
  •  राष्ट्रिय प्रजातन्त्र पार्टी ३
  •  विवेकशील साझा ३
  •  राष्ट्रिय जनमोर्चा  २
  •   नयाँ शक्ति १
  •  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १
  • नेपाल संघीय समाजवादी पार्टी १
  •  नेपाल मजदुर किसान पार्टी १
  •  राप्रपा प्रजातान्त्रिक १

नेकपा एमालेले प्रदेससभाको समानुपातिकतर्फको सांसदको सूची विहिवारनै फाइनल गरिसकेका छन भने नेपाली काँग्रेसले आज कार्य सम्पादन समितिको बैठक मार्फत सूची फाइनल गर्दैछन । त्यस्तै माओवादी केन्द्रले आफ्नो आफ्नो तर्फको सासंदको नाम फाइनल गदैछन ।

यसअघि बिहीबार विवेकशील साझा, नेमकिपा र दुई नम्बर प्रदेशमा एक सिटमात्र पाएको नेपाल संघीय समाजवादी पार्टीले समानुपातिकको सूची बुझाएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश समानुपातिकतर्फ एमालेले ७५ कांग्रेसले ७२ र माओवादीले ३५ त्यस्तैगरि संघीय समाजवादी फोरम नेपालले १३, राष्ट्रिय जनता पार्टीले १२, राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशील साझाले ३/३ तथा राष्ट्रिय जनमोर्चाले २ सिट र नयाँ शक्ति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपा प्रजातान्त्रिकले भने प्रदेशसभामा १/१ सिटमात्र पाएका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।