सोमवार, बैशाख २४, २०८१

आज विभिन्न कार्यक्रम सहित तत्कालीन स्व: राजा वीरेन्द्रको सम्झना गरिदै

  काठमाडौ पुस १४,    आज पौष १४ अर्थात जनप्रिय  स्वर्गीय राजा बीरेन्द्रको जन्म जयन्ती । विकासवादी र लोकतान्त्रिक राजाका रुपमा स्मरण गर्दै स्व राजा विरेन्द्रको समरण सहित आज बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइदै  ।  नेपाली जनताबीच निकै प्रिय राजाका रुपमा स्थापित तत्कालिन राजा बिरेन्द्रको २०५८ साल जेठ १९ गतेको शुक्रबार नारायणहिटी दरवारभित्र भएको अकल्पनीय दरवारहत्याकाण्डको क्रममा सिङ्गो परिवारको हत्या भएको थियो ।

वीरेन्द्रको बंशनाश भएसंगै नेपालबाट करीव २ सय ५० वर्षदेखिको शाहबंशीय राजतन्त्रनै समाप्त गर्दै नेपालमा गणतन्त्रको स्थापना गरिएको थियो  स्व राजा वीरेन्द्रको जन्मजयन्तीका अवसरमा ललितपुरको जाउलाखेलमा रहेको उनको सालिकमा फूलमाला अर्पण र दीपावली कार्यक्रमको आयोजना गरिने भएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।