सोमवार, बैशाख २४, २०८१

गृहको जिम्मेवारी पाए ५० प्रतिशत अपराध न्यूनिकरण गर्छु : पण्डित

????????????????????????????????????

भक्तपुर पुस १४,  एमालेका नेता एवं पुर्वमन्त्री लालबाबु पण्डितले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए अहिले भईरहेको मध्ये ५० प्रतिशत अपराध न्यूनिकरण गर्ने दाबी गर्नुभएको छ ।   रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पण्डितले राजनीति र अपराधको साँठगाँठकै कारण हुने अपराध न्यूनिकरणको उपाय आफूसँग भएको र त्यहि कार्यनीति र रणनीतिका साथ अघि बढे अपराध न्यूनिकरण जुनसुकै मन्त्रीले गर्न सक्ने दाबी गर्नु भएको हो ।

प्रदेसको राजधानीका बिषयमा बृहत छलफल भइरहेका कारण प्रदेश राजधानी प्रदेश सभाले जनताको भावना अनुसार नै तोकिने जानकारी दिँदै उहाँले प्रदेश राजधानी बनाउनु भन्दा पहिला ब्यापक छलफल गरेर मात्र कामलाई अघि बढाए त्यसको सकारात्मक प्रभाव भोलीकोे पिढीले अनुभुत गर्ने बताउँदै बामगठबन्धनको एकिकरण पदको कारणले नभएर दुवै पार्टीको नेतृत्वको सहमति अनुसार सबै पद बाँडफाँड पश्चात पार्टी एकिकरण हुने भन्दै उहाँले माघ ७ गतेभित्रै नयाँ सरकार गठन हुने र त्यसको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।