शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपतिद्दारा मनकामना मन्दिरको दशकर्म पूजाको सुभारम्भ, पुनःनिर्माणका चन्दादाताहरु सम्मानित

काठमाडौं फागुन २३, राष्ट्रपति विद्यादेवी भण्डारीले मनकामना क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । २०७२ सालको भूकम्पले ठूलो क्षति पु-याएको मनकामना मन्दिर पुनःनिर्माण सम्पन्न गर्दै मङ्सिर १२ गतेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको भए पनि उपयुक्त पूजा साइत नभएकाले रोकिएको मनकामना मन्दिरको दशकर्म पूजाको शुभारम्भका लागि आज आयोजित सम्पन्नता एवम् दशकर्म पूजाको सुभारम्भ गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनु भएको हो ।

सहयोगी चन्दादाताहरु मध्ये मनकामना केबलकारका संस्थापक स्व लक्ष्मणबावु श्रेष्ठको स्मृतिमा मनकामना दर्शन प्रालिले १ रोड १२ लाख १सय ११ रुपियाँ चन्दा दिनु हुने मनकामना दर्शन प्रालि र रु १ करोड ११ लाख सहयोग गर्ने चन्दादाता योगेश्वर अमात्य लगायतलाइ सम्मान 

साथै उहाँले त्यस अवसरमा सरकार र सर्वसाधारणको सहकार्य अर्थात  श्रद्धालु भक्तजनबाट संकलित चन्दा र सरकारबाट प्राप्त ४ करोड गरी १४ करोड ६४ लाख ८८ हजार ५ सय ९७ रुपियाँको लागतमा मनकामना मन्दिरको पुननिर्माण सम्पन्न भएकोान खुसी व्यक्त गर्दै स्थानीय जनता सक्रिय भए आफ्नो क्षेत्रको विकास आफै गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण मनकामना मन्दिरको पुनःनिर्माण भएको बताउँदै मनकामना मन्दिर पुनःनिर्माणमा नगद तथा जिन्सी सहयोग गर्नुहुने सहयोगी दाताहरुलाई सम्मानीत गर्नु भएको थियो ।

त्यस अवसरमा पुर्ननिर्माण कार्य महत्वपूर्ण सहयोगी चन्दादाताहरु मध्ये मनकामना केबलकारका संस्थापक स्व लक्ष्मणबावु श्रेष्ठको स्मृतिमा मनकामना दर्शन प्रालिले १ रोड १२ लाख १सय ११ रुपियाँ चन्दा दिनु हुने मनकामना दर्शन प्रालि र रु १ करोड ११ लाख सहयोग गर्ने चन्दादाता योगेश्वर अमात्य लगायतलाइ सम्मान गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले आजै पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा बिन्ध्यवासिनी क्षेत्र विकास समितिको सक्रियतामा मन्दिर दर्शनका लागि इच्छुक तर भौतिक एवम् शारीरिक रुपमा मन्दिरमा पुग्न नसक्ने भक्तजनलाई लक्षित गरी निर्मित लिफ्टको समेत सुभारम्भ गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।