बिहिबार, बैशाख १३, २०८१

सासंद बस्नेतले भने -भक्तपुरमा भ्रष्टाचारीले किमार्थ छुट पाउँने अपेक्षा नगरे हुन्छ

भक्तपुर फागुन २३ /राम चन्द्र प्रजापति ,  क्रियाशिल पत्रकार मञ्च भक्तपुरद्दारा आयोजित ‘नगरपालिका, समाचारका विषय र संचारकर्मी’ विषयक दुईदिने अन्तरक्रिया कार्यक्रम मञ्चका अध्यक्ष रमेश गिरीको सभापतित्वमा आज सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व उद्योग मन्त्री एवं संघीय ससंदका सदस्य महेश बस्नेतले भक्तपुर जिल्लाका चारवटै नगरपालिका स्थानीय तह जिल्ला समन्वय समिति प्रदेश र संघीय सरकारसंग विकास निर्माणका कार्यमा समन्वय सहकार्य गरेर समृद्ध राष्ट्र निर्माणका लागि भक्तपुरका सञ्चारकर्मीले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउँनु भएको छ । त्यस्तै उहाँले विकासका लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बिच समन्वय हुनुपर्नेमा जोड दिदै भक्तपुरलाई भ्रष्टाचार मुक्त जिल्ला बाउने अभियान अन्र्तगत भक्तपुरमा भ्रष्टाचारीलाई किमार्थ छुट नहुने बताउनुभयो ।

त्यस्तै कार्यक्रमको पहिलो दिन सुर्यविनायक नगरपालिका चागुनारायण नगरपालिका र मध्यपुर थिमी नगरपालिकाले ‘नगरपालिका, समाचारका विषय र संचारकर्मी’ विषयक तिनवटै नपाले गरेको कार्य  प्रस्तुत  गरिएको थियो । अन्तरक्रियाको समापन सत्रमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र उपप्रमुख बिना बास्तोला, मध्यपुर थिमि नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठ गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाई, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, क्रियासिल पत्रकार मञ्च भक्तपुरका सचिव जितेन्द्र श्रेष्ठले जनप्रतिनिधी र संचारकर्मीबीच समाचारका विषयकाबारेमा छलफल भईरहनुपर्नेमा जोड दिनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।