शुक्रबार, बैशाख १४, २०८१

सप्तरीमा पनि मंगलबार बिहान ५ बजेदेखि निषेधाज्ञा जारी

नेपालगञ्ज उपमहानगरपालिका ‘सिल

सप्तरी साउन १९,

कोभिड १९ संक्रमितको सख्या दिन प्रतिदिन बढ्ने क्रममा तिव्रता आएसंगै जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जारी गर्नु भएको निषेधाज्ञा जारी सूचनामा  उल्लेख  भएअनुसार जारी निषेधाज्ञा आगामी साउन २६ गते साँझ ५ बजेसम्म जारी रहने उल्लेख गरिएको छ ।

त्यस्तै निषेधाज्ञाको समयमा अति आवश्यकबाहेक अन्य सबै काम बन्द हुने र जथाभावी हिंडडुल गर्नेलाई संक्रमक ऐन अनुसार कानुनी कारबाही हुने बताईएकोछ । पछिल्लो समय सप्तरीमा ५ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने संक्रमित मध्ये एकजनाको मृत्यु भइसकेको छ ।

यसैवीच जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएसंगै नेपालगञ्ज उपमहानगरपालिका ‘सिल’ गरिएको थाहा भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका वडाध्यक्ष र वडाका कर्मचारीमा संक्रमण देखिएपछि सङ्क्रमणको जोखिम फैलिन नदिन अर्को सूचना जारी नभएसम्मका लागि कार्यालय सिल गरिएको प्राप्त सूचनामा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।