शुक्रबार, बैशाख ७, २०८१

उपत्यकाका ५१ जना सहित ४१८ जना नयाँ संक्रमित थपिए

काठमाडौ साउन १९,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २४ ७ हजार ६ सय ३७ जनाको पीसीआर परीक्षण गर्ने क्रममा काठमाडौं उपत्यकाका ५१ जना सहित ४१८ जना नयाँ संक्रमित थपिएसंगै नेपालमा कोभिड संक्रमित संख्या २० हजार ७ सय ५० पुगेको जनाएकोछ । काठमाडौं उपत्यकामामा पहिचान भएका संक्रमित क्रमस काठमाडौंमा ४३ जना, ललितपुरमा ३ र भक्तपुरका ५ जना रहेको जनाएकोछ ।

त्यस्तै मन्त्रालयले हाल सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ३२ रहेको जानकारी दिदै पछिल्ले समय ३ सय ५८ जना संक्रमित उपचारपछि डिस्चार्ज भएसंगै हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ९ सय ६१ पुगेको जनाएको छ । त्यस्तै १० हजार ४ सय ५२ जना क्वारेन्टिनमा रहेको र संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७ रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।