शनिबार, बैशाख १५, २०८१

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराइ आयोगको नियन्त्रणमा

काठमाडौ साउन १९, 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल टोलीले  बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायालाई पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीले विशेष सूचनाको आधारमा संरक्षण अधिकृत भट्टराई र सहायक संरक्षण अधिकृत रोकायालाई स्रोत नखुलेको रु ८ लाख ९८ हजार रकम साथमा लिई कार्यालयको बा२झ १८७३ नंको गाडीमा यात्रा गरिरहेको अवस्थामा पक्राउ गरेको जानकारी दिनभयो।

त्यस्तै आयोगले संरक्षण अधिकृत भट्टराई र रोकायाबाट रु ३ लाख ४८ हजार र विभिन्न मितिका बैंक भौचर, रु ५ लाख ५० हजार गरी कूल रु ८ लाख ९८ हजारसहित सैनामैना नगरपालिका–१० रुपन्देहीबाट पक्राउ गर्दै थप अनुसन्धान शुरु गरिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।